प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
बिराटनगर । बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक मंगलबार दिउँसो साढे ३ बजे बस्ने तय गरिएको छ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकका एजेन्डा भने हालसम्म सार्वजनिक गरिएको छैन।
समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने अपेक्षा गरिएको उक्त बैठकलाई महत्वका साथ हेरिएको छ।
