आदिवासी जनजाति महासंघ अमेरिका नयाँ नेतृत्वमा, एकता र अधिकारका लागि प्रतिबद्धता
न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (NAFA) को १०औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। महाधिवेशनले आगामी दुई वर्षे कार्यकाल (२०२६–२०२८) का लागि नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गर्दै संस्थालाई थप सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
नव-निर्वाचित नेतृत्वले आफूहरूमाथि देखाइएको विश्वास, माया र समर्थनप्रति अमेरिका बसोबास गर्ने सम्पूर्ण आदिवासी जनजाति समुदायप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समुदायको हकहित, पहिचान, भाषा, संस्कृति र अधिकारको संरक्षण तथा प्रवर्द्धनमा अझ सक्रिय रूपमा काम गर्ने प्रतिवद्धता जनाएका छन्। साथै, संस्थालाई एकताबद्ध र परिणाममुखी ढंगले अगाडि बढाउन सबैको निरन्तर साथ, सहयोग र समर्थन आवश्यक रहने विश्वास पनि व्यक्त गरिएको छ।
महासंघले नयाँ कार्यसमितिको नेतृत्वमा समुदायबीच एकता सुदृढ गर्दै सामाजिक, सांस्कृतिक तथा पेशागत क्षेत्रमा थप उपलब्धि हासिल गर्ने लक्ष्य लिएको जनाएको छ।
नव-निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
नव-निर्वाचित कार्यसमिति (२०२६–२०२८):
१. अध्यक्ष — एपी लामा शेर्पा
२. वरिष्ठ उपाध्यक्ष — शम्भु राई
३. उपाध्यक्ष — राजु तामाङ
४. महिला उपाध्यक्ष — (मनोनीत गरिने)
५. महासचिव — सुमन थाम्सुहाङ लिम्बु
६. कोषाध्यक्ष — (मनोनीत गरिने)
७. सह-कोषाध्यक्ष — कर्मा शेर्पा ढोक्प्या
८. सदस्य — टासी ढोन्धुप लामा
९. सदस्य — ओम गुरूङ
१०. सदस्य — हरि जबेगु
महाधिवेशनले संस्थाको आगामी कार्यदिशा तय गर्दै आदिवासी जनजाति समुदायको साझा आवाजलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

