सुन र चाँदीको मूल्य घट्यो
विराटनगर। नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो दिन सुन प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो।
महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आइतबार प्रतितोला ५ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारका लागि दैनिक मूल्य निर्धारण गर्ने गरेको छ।
