अब राहदानी र लाइसेन्स घरमै

बिराटनगर । सरकारले राहदानी (पासपोर्ट) र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै पुर्‍याउने सेवा सुरु गरेको छ। सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट घटाउन हुलाक सेवा विभागलाई सरकारी कुरियरका रूपमा प्रयोग गरिएको हो।

शासकीय सुधारको १०० बुँदे कार्यसूचीअनुसार सुरु गरिएको यो सेवा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको समन्वयमा अघि बढाइएको हो। सेवाग्राहीले कागजात बनाउँदा नै आफ्नो ठेगाना उपलब्ध गराउनुपर्नेछ, जसअनुसार हुलाकमार्फत घरमै कागजात पुर्‍याइने व्यवस्था गरिएको छ।

मकवानपुर, म्याग्दी र डडेलधुरामा परीक्षण सफल भइसकेको यो सेवा अब चरणबद्ध रूपमा देशभर विस्तार गर्ने तयारी भइरहेको छ। यसबाट नागरिकको समय, खर्च र झन्झट कम हुने विश्वास गरिएको छ।

Sarita Karmakar