सुनको मूल्य घट्यो, आज प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ
विराटनगर । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन भने सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ३० रुपैयाँ कायम भएको छ, जुन हिजो २ लाख ५९ हजार ६०० रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार २५० रुपैयाँ थियो। १० ग्राम चाँदीको मूल्य भने ४ हजार ३९८ रुपैयाँ निर्धारण गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा दैनिक रूपमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ।
