सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, सुन प्रतितोला १०० रुपैयाँले महँगियो
बिराटनगर ।स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला पाँच हजार २५० रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ७०० रुपैयाँ र चाँदी पाँच हजार २२० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा आज एक औँस सुन चार हजार ८२१ अमेरिकी डलर र चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
