विराटनगरमा NIT Computer Institute द्वारा नयाँ वर्ष अफर : विभिन्न कोर्समा भर्ना खुल्ला
विराटनगर । नयाँ वर्षको अवसर पारेर NIT Computer Institute ले विभिन्न कम्प्युटर तथा शैक्षिक कोर्सहरूमा भर्ना खुल्ला गरेको छ। संस्थाले “तपाईंको भविष्य हाम्रो सारथी” भन्ने नारासहित विद्यार्थीहरूलाई २५ प्रतिशतसम्म छुटमा Tally, Advance Office Package, Graphics Design लगायतका कोर्सहरू उपलब्ध गराउने जनाएको छ।
इन्स्टिच्युटका अनुसार आधुनिक कम्प्युटर ल्याब, शान्त तथा अध्ययनमैत्री वातावरणसँगै दक्ष र अनुभवी शिक्षकमार्फत गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको छ। साथै +२, BBS, BBA, MBA तथा MBS तहका विद्यार्थीहरूका लागि कक्षाहरू, लोकसेवा तयारी कक्षा र अंग्रेजी भाषा सम्बन्धी तालिमहरू पनि सञ्चालनमा रहेका छन्।
इन्स्टिच्युटमा अध्ययनरत एक विद्यार्थीले आफूले Office Package कोर्स गरिरहेको बताउँदै यहाँको वातावरण निकै राम्रो र सिक्न सहज रहेको अनुभव सुनाएका छन्।
दीर्घ समयदेखि कम्प्युटर शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएको NIT Computer Institute ले विद्यार्थीहरूलाई दक्ष जनशक्ति मात्र नभई उनीहरूको क्षमता र रुचिअनुसार रोजगारीका अवसर (प्लेसमेन्ट) समेत प्रदान गर्दै आएको जनाएको छ।
