संविधान कार्यान्वयनका १० वर्षका अनुभव महत्वपूर्ण : राष्ट्रपति पौडेल

बिराटनगर । रामचन्द्र पौडेलले वर्तमान संविधान कार्यान्वयनको विगत १० वर्षको अभ्यास र अनुभव अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।

शुक्रबार सिंहदरबारस्थित संसद् भवनमा आयोजित संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राष्ट्रपतिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू क्रमशः संस्थागत हुँदै गएको उल्लेख गरे।

उनले संविधानको मर्म, भावना तथा जनताको अपेक्षाअनुसार अझै धेरै काम गर्न बाँकी रहेको पनि स्पष्ट पारे।

सम्बोधनका क्रममा राष्ट्रपतिले भने, “वर्तमान संविधान कार्यान्वयनको विगत १० वर्षको अभ्यास र अनुभव हाम्रा लागि महत्वपूर्ण छन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत भएका छन्। तर संविधानको मर्म र भावना तथा जनताको चाहनाबमोजिम हामीले गर्नुपर्ने काम अझै धेरै बाँकी छ।”

राष्ट्रपति पौडेलले आगामी दिनमा संविधानको प्रभावकारी कार्यान्वयनमार्फत समृद्धि र स्थायित्वतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

Sarita Karmakar