उपसभामुख निर्वाचनबारे रणनीति बनाउन रास्वपाको संसदीय दलको बैठक आज
बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न संसदीय दलको बैठक आह्वान गरेको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार बैठक आज दिउँसो १:०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकको मुख्य एजेन्डा उपसभामुख पदको निर्वाचन रहेको छ। उक्त निर्वाचनमा पार्टीको भूमिका, सम्भावित उम्मेदवारी तथा अन्य दलहरूसँगको सहकार्यका विषयमा विस्तृत छलफल हुने बताइएको छ।
आज हुने उपसभामुख निर्वाचनका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीको तर्फबाट रुबीकुमारी चुनावी प्रतिस्पर्धामा छन्।
रुबीकुमारीलाई सत्तारुढ रास्वपाले समर्थन गर्ने जनाएको छ, जसले निर्वाचनको परिणाममा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
