राष्ट्रिय सभाको बैठक आज बस्दै, राष्ट्रपतिको सम्बोधन र धन्यवाद प्रस्ताव मुख्य एजेन्डा

बिराटनगर । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) अपराह्न ४:१५ बजे बस्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूची अनुसार आजको बैठकमा राष्ट्रपतिको सम्बोधन र त्यससम्बन्धी धन्यवाद प्रस्ताव प्रमुख एजेन्डाका रूपमा रहेका छन्।

बैठकको प्रारम्भमा प्रधानमन्त्री वालेन्द्र शाहले २०८२ साल चैत २७ गते राष्ट्रपतिद्वारा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनको प्रति राष्ट्रिय सभामा टेबुल गर्ने कार्यसूची छ। उक्त सम्बोधनको आधिकारिक अभिलेख राष्ट्रिय सभामा दर्ता गराउने उद्देश्यले प्रधानमन्त्रीले सो दस्तावेज प्रस्तुत गर्न लागेका हुन्।

यसपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको सम्बोधनप्रति धन्यवाद ज्ञापन गर्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन्। प्रस्तावमाथि छलफल हुने सम्भावना समेत रहेको जनाइएको छ।

 

Sarita Karmakar