देशभर वर्षा सक्रिय, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

विराटनगर । देशका अधिकांश क्षेत्रमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशबाहेक अन्य सबै प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा गराउने प्रणाली पूर्वतिर फैलिँदै गएको छ। यसैबीच पश्चिम नेपालबाट अर्को प्रणाली समेत भित्रिएको जनाइएको छ, जसको प्रभावले गण्डकी, लुम्बिनी र बागमती प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही क्षेत्रमा वर्षा भइरहेको छ।

महाशाखाले आज (बुधबार) र भोलि (बिहीबार) देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित वर्षा हुने सम्भावना रहेको जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

Sarita Karmakar