लागुऔषध मुद्दामा ७ वर्ष कैद तोकिएका फरार अरुण थापा विराटनगरबाट पक्राउ

बिराटनगर। लागुऔषध मुद्दामा सातवर्ष कैद तथा पाँचलाख ५० हजार जरिवाना सजाय कायम भई कारागारमा रहेका विराटनगर–१५ का ५२ वर्षीय अरुण थापालाई प्रहरीले पक्राउ गरेको छ । मोरङबाट प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठको कमाण्डमा खटिएको टोलिले थापालाई विराटनगर ३ फुटबल चौकबाट शनिबार पक्राउ गरेको हो ।

लागुऔषध मुद्दामा काठमाण्डौ जिल्ला अदालतको मिति २०७६ फागुन २२ गतेको फैसलाले ७ बर्ष कैद तथा ५ लाख ५० हजार जरिवाना सजाय कायम भएपछि उनी जगन्नाथदेवल कारागार काठमाण्डौमा थिए । जेनजी आन्दोलनको क्रममा कारागारबाट भागी फरार रहेका थिए ।

विराटनगर महानगरपालिका १५ भर भएका थापा लुकिछिपी बस्दै आएका थिए । त्यहि क्रममा प्रहरीले उनी यहाँ रहेको सूचना पाएपछि विराटनगर महानगरपालिका वडा नं. ३ फुटवल चोक नजिकबाट पक्राउ गरेको मोरङका प्रहरी प्रवक्ता लिलाराज लामिछानेले जानकारी दिएका छन् । थापालाई सजाय भुक्तानको लागि अदालतमा बुझाउने प्रक्रिया भइरहेको छ ।

Sarita Karmakar