अबदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म

विराटनगर । सरकारले अबदेखि सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूमा नयाँ समय तालिका लागू गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार यो व्यवस्था चैत २३ गतेदेखि लागू हुनेछ।

उनले शैक्षिक संस्थाबाहेकका सबै सरकारी कार्यालयमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय निर्धारण गरिएको स्पष्ट पारे।

यससँगै सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई ध्यानमा राख्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।

सरकारले सेवा प्रवाहलाई व्यवस्थित बनाउने र ऊर्जा व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले कार्यालय समय र बिदा सम्बन्धी नयाँ व्यवस्था लागू गरेको जनाएको छ।

Sarita Karmakar