नयाँ वर्ष २०८३ को पहिलो दिन सुन–चाँदीको मूल्यमा वृद्धि

बिराटनगर । नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर २ लाख ९९ हजार ८०० रुपैयाँ पुगेको छ। यसअघि सोमबार (गत वर्षको अन्तिम दिन) सोही परिमाणको सुन २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। मंगलबार चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो भने चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

नयाँ वर्षको सुरुवातसँगै बहुमूल्य धातुको मूल्य उकालो लाग्दा बजारमा यसको प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Sarita Karmakar