सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि
साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर दुई लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि सुन प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर चार हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला चार हजार ९६० रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा बहुमूल्य धातुको मूल्यमा उतारचढाव भइरहेको देखिएको छ।
