टिकटक क्याम्पेनमार्फत आईपीएल हेर्ने मौका, एक्स्ट्रिम इनर्जी ड्रिंक्सको नयाँ अफर

बिराटनगर । एक्स्ट्रिम इनर्जी ड्रिंक्स ले आफ्ना उपभोक्तालाई लक्षित गर्दै आकर्षक टिकटक क्याम्पेन सार्वजनिक गरेको छ। कम्पनीले ‘वाटरले पुग्दैन है… एक्स्ट्रिम नै चाहिन्छ…’ नारासहित अभियान सुरु गरेको हो।

यस अभियानअन्तर्गत सहभागीमध्ये भाग्यशाली विजेताले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता भारतमै पुगेर प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्।

कम्पनीका अनुसार हरेक हप्ता एक जना विजेतालाई ४ दिनको भ्रमण प्याकेजसहित निःशुल्क रूपमा भारत गएर आईपीएल हेर्ने व्यवस्था गरिनेछ।

कसरी सहभागी हुने ?

यस क्याम्पेनमा सहभागी हुन इच्छुक व्यक्तिले एक्स्ट्रिम इनर्जी ड्रिंक्सको आधिकारिक टिकटक एकाउन्टमा उपलब्ध गीतमा भिडियो बनाएर पोस्ट गर्नुपर्नेछ। भिडियो पोस्ट गर्दा अनिवार्य रूपमा #XtremeEnergyDrink ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।

सहभागीमध्येबाट हरेक दिन एक जना विजेता छनोट गरिनेछ भने विजेताको घोषणा आईपीएलको प्री-म्याच कार्यक्रममा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

कम्पनीले यस अभियानमार्फत खेलकुद र मनोरञ्जनलाई जोड्दै उपभोक्तालाई विशेष तथा अविस्मरणीय अनुभव दिने विश्वास व्यक्त गरेको छ।

Sarita Karmakar