८५ हजार घुससहित इन्जिनियरसहित तीन कर्मचारी पक्राउ

बिराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग को टोलीले घुस लिइरहेको अवस्थामा इन्जिनियरसहित तीन कर्मचारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सव–इन्जिनियर रवन श्रेष्ठ रहेका छन्।

अख्तियारका अनुसार भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावास्थित विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी गर्ने क्रममा उनीहरूले विभिन्न बहाना बनाउँदै सेवाग्राहीसँग घुस मागेका थिए।

उक्त उजुरीका आधारमा खटिएको टोलीले उनीहरूलाई ८५ हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो।

गणेशबहादुर अधिकारी का अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

Sarita Karmakar