जबर्जस्ती करणी मुद्दाका फरार दोषी पक्राउ

विराटनगर । जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्ला अदालत कञ्चनपुर को विसं २०६४ जेठ २० गतेको फैसलाले तीन वर्ष कैद सजाय तोकिएका पुनर्वास नगरपालिका–२ अमरैया बस्ने ५४ वर्षीय बुरु (बिरा) राना लामो समयदेखि फरार रहेका थिए।

उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती बाट खटिएको संयुक्त प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा आफ्नै घरबाट पक्राउ गरेको हो।

Sarita Karmakar